काठमाडौं, २ जेठ । सरकारले स्वास्थ्य सेवाको गुणस्तरमापन गर्नका लागि प्राधिकरण स्थापना गर्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवाको गुणस्तरमापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिने उल्लेख गर्नुभयो । औषधि, औजार तथा उपरकणसमेतको गुणस्तरीय…