बेलायत २५ चैत्र । कोरोना भाइरसको सङ्क्रमणका कारण विगत १० दिनदेखि आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसिरहनुभएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आइतबार स्वास्थ परीक्षणका लागि अस्पताल पुग्नुभएको थियो । स्वास्थ्यस्थिति कमजोर हुँदै गएपछि सोमबार नै उहाँलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । नियमित जाँचका क्रममा स्वास्थस्थिति थप गम्भीर भएपछि उहाँलाई सोही अस्पतालको सघन उपचारकक्षमा…