कपिलवस्तु १८ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण जोखिमलाई न्यूनीकरण गर्नकोलागि नेपाल सरकारले पुरै देशलाई दुइ हप्ताकोलागि लकडाउन गरेको छ । लकडाउनबाट सिर्जित विभिन्न समस्याहरुको समाधान गर्न संघीय सरकारले केहि लक्षित वर्गकोलागि राहत प्याकेज घोषणा गरेको छ भने स्थानीय सरकारहरुले पनि राहतका कार्यक्रमहरु अघि सारिरहेका छन् । सोहि क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिकाले…