रुपन्देही ५ वैशाख । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुक्रवार आयुर्वेद चिकित्सकहरुसंग भिडियो संवाद गर्नुभएको छ । प्रादेशिक आयुर्वेदिक अस्पताल तथा जिल्ला अस्पतालहरुका प्रमुखहरुसंगको भिडियो संवादमा मन्त्री बरालले आयुर्वेद एउटा विज्ञान भएकाले त्यसलाई प्रमाणित गर्ने समय आएको बताउनु भयो । उहाँले आयुर्वेदिक चिकित्सा आधुनिक चिकित्सा भन्दा कम नभएको भनी पुष्टी गर्ने बेला आएको पनि…