कपिलवस्तु,२० जेठ । कपिलवस्तुको पछिल्लो चार वर्ष यता औँलो रोग (मलेरिया) को स्थानीय सङ्क्रमण शून्य रहेको छ । स्वास्थ्य कार्यालयले समुदायमा औँलो रोगको विषयमा सचेतना फैलाएपछि सङ्क्रमण शून्य भएको जनाएको छ । जिल्लामा विदेशबाट आउनेमा सङ्क्रमण देखिए पनि स्थानीय स्तरमा कुनै सङ्क्रमण नभएको स्वास्थ्य कार्यालय कपिलवस्तुको अधिकृत प्रवास पन्थीले बताउनुभयो । चालु आर्थिक वर्षमा युगान्डा…