काठमाण्डौ, ०५ मंसिर । भारतको पतञ्जली योगपीठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको विषयमा नेपाल पत्रकार महासङ्घले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रोशन पुरीले आज आइतवार विज्ञप्ति निकालेर नेपालको प्रचलित कानुनले सञ्चार माध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा भारतीय योगगुरु बाबा रामदेवको पतञ्जली योगपीठले नेपालमा…