काठमाडौ २८ असार । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघठन असंवैधानिक ठहर गर्दै बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनः स्थापित भएको छ । पुनः स्थापना भएको प्रतिनिधिसभाको अधिवेशन ७ दिनभित्र अर्थात् साउन ३…