बुटवल ९ फागुन । ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक हिसाबले पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको पाल्पाको तिनाउ–२ मा अवस्थित नुवाकोट गढीसम्म पुग्न केवुलकार सञ्चालनमा आउने भएको छ । बुटवलदेखि करिब २ किलोमिटर दुरीको केवुलकार लाइन निर्माणका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका छन् ।नुवाकोटमा केबलकार सञ्चालनको लागि सिद्धार्थ केबलकार प्रालीले यस अघि नै सरकारबाट वन…