चिरन्जीवि पौडेलकाठमाडौं २२ जेठ । पाँच मन्त्रीसहित १२० जनाको ‘जन्ती’ लिएर प्रधानमन्त्री भारत जानुअघि यस पंतिकारले परराष्ट्रका एक अधिकारीसँग लामै कुराकानी गरेको थियो । उनले नेपालको राजनीतिक नेतृत्वले देशको आत्मसम्मानमाथि खेलवाड गरिरहेको र कूटनीतिलाई विद्रूप बनाइरहेको विषयमा चिन्ता सुनाइसकेपछि सुझाव दिए, ‘अहिले भ्रमणमा जाने बेला चाहीँ निजहरूको मनोबल गिर्नेगरी केही नलेख्दा राम्रो होला ।’उनको कुरा…