अन्तर्राष्ट्रिय

हैजाका कारण ज्यान गुमाउनेको सङ्ख्या ९४ पुग्यो




एजेन्सी ३१ बैशाख ।संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (यूएन.ओसी.एचए) ले इथियोपियामा हैजा महामारीको चेतावनी दिएको छ ।फैलिरहेको हैजा सङ्क्रमणका कारण ९४ जनाको ज्यान गइसकेको र हैजा फैलने क्रम तीव्र बनेको भन्दै राष्ट्रसङ्घले महामारीको चेतावनी दिएको हो ।यूएनओसीएचएले निकालेको विज्ञप्तिमा हैजाको प्रकोप सबैभन्दा लामो भएको र सीमापार फैलिने उच्च जोखिम रहेको उल्लेख छ ।

बाढीका कारण हैजालगायत स्वास्थ्य जोखिमलाई अझ बढाएको पनि विज्ञप्तिमा भनिएको छ ।यूएनओसीएचएले इथियोपियाका एक लाख मानिसलाई हैजा विरुद्धको खोप लगाएको र १९ लाख डोजसहित खोपको नयाँ अभियान सुरु गरेको पनि बताएको छ । ७० लाखभन्दा धेरै मानिस रहेकाले खोप कार्यक्रम अपेक्षा अनुसार हुन सकेको छैन ।

प्रकाशित : ३१ बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६