रुपन्देही, २९ फागुन, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी तोक्ने विषय सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ । प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै उहाँले सबै ठाउँका नागरिकका आकाङ्क्षा सम्बोधन हुने गरी राजधानीको टुङ्गो लगाउनुपर्ने बताउनुभयो । “राजधानी प्रदेशसभाले तोक्ने हो, चुनावका बेलामा के भन्नुभयो, त्यो कुरा बिर्सनुस्, यो अधिवेशनबाट टुङ्ग्याउने गरी…