तेहरान ।अमेरिका–इजरायल आक्रमणपछि इरानले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै प्रतिआक्रमण गरेको पुष्टि गरेको छ । अलजजिराका अनुसार इरानले खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिलाई सीधा निशाना बनाएको जनाएको हो । मध्यपूर्वका विभिन्न देशमा अमेरिकाले सैन्य अखडा राखेको छ । इरानले ती अखडालाई निशाना बनाएर आक्रमण गर्दा खाडीमा रहेका लाखौं नेपालीसमेत जोखिममा परेका छन्…