कपिलवस्तु २४ बैशाख । कपिलवस्तुको तौलिहवा स्थित भुमीसधार तथा मालपोत कार्यालयका नायब सुब्बा नरहरी खनाललाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले ३० हजार नगद घुस सहीत नियन्त्रणमा लिएको छ । अख्तियारको बुटवल स्थित कार्यालयका प्रहरी निरीक्षक मुकुन्द गौतमको अगुवाइमा आएको १३ सदस्यीय टोलीले खनाललाई उनको सरकारी डेरामा सेवाग्राहीसंग घुस लिदा लिदै पक्राउ गरेको हो ।सोमवार दिउसो सवा…