गुल्मी, २१ फागुन। गुल्मीको रेसुङ्गा नगरपालिकामा बालबालिकाहरुले दिवा खाजाको रकम थप गर्न माग गरेका छन् । रेसुङ्गा नगरपालिकाले बालमैत्री स्थानीय शासनका लागि तम्घासमा आयोजना गरेको तीन दिवसीय प्रशिक्षणमा सहभागी बालबालिकाले विद्यालयमा प्रदान गरिने दिवा खाजाको रकम थप गरी बढाउनुपर्ने माग राखेका हुन् । सरकारले अहिले दिवा खाजाका लागि प्रति विद्यार्थी १५ रुपियाँ उपलब्ध गराउँदै आएको…