कपिलवस्तु, २७ बैशाख । कपिलवस्तुको शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको लुम्बिनी भिजन कलेजले अब प्लस टु तहमा विज्ञान (साइन्स) विषय सञ्चालन गर्ने भएको छ । कलेजका क्याम्पस प्रमुख सुन्दर पाण्डेले एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै करियर काउन्सिलिङ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।कलेजले विद्यार्थीलाई केवल शैक्षिक पाठ्यक्रममा सीमित नराखी उनीहरूको भविष्य…