काठमाडौं, ९ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् ।एमाले प्रचार प्रसार विभागका प्रमुख विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा आउने निश्चित भएको बताएका छन् । उनका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सहभागी हुनेछन्…