जेष्ठ ९, काठमाडौँ — सोलुखुम्बुका कामीरिता शेर्पाले मंगलबार बिहान २८ औं पटक सगरमाथा आरोहण गरेसँगै उहाले विश्वकै अग्लो हिमाल सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गर्नुभएको छ ।उहा आवद्ध सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, कामीरिता मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए । वसन्तकालीन सिजनमा उहा सगरमाथा चुचुरोमा दोस्रोपटक…