अर्थ-वाणिज्य

२ धाम : एकैसाथ प्रवाह हुँदै महाज्ञान



 कपिलवस्तु ६ फागुन । कपिलवस्तुका ४ धाम मध्ये २ धाममा एकैसाथ आध्यात्मिक महाज्ञान प्रवाह जारी रहेकोछ । वाणगंगा नगरपालिका वडा न.८ को शान्ताकुञ्ज मधुवनधाममा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा पूजा परायणको सोमवार तेस्रोदिन करिब १ हजार भक्तजनहरुले प्रवचन श्रवण गरेकाछन । धामको पावन भुमिमा वैदिक संस्कृतिको महत्वलाई थप प्रर्वद्धन गर्नका लागि आयोजना गरिएको महायज्ञमा दान गर्नेहरुको संख्यमा पनि बढ्दै गएको छ । 

            शान्ताकुञ्ज मधुवनधामको ऐतिहासिक धार्मिक तथा पुरातात्विक महत्वलाई प्रचार प्रसार एवंम पर्यटन प्रर्वद्धन गर्दै धामको विकासमा सहयोग पुर्याउने उदेश्यका साथ सात दिने महायज्ञ लागेको आयोजकले जनाएको छ । महायज्ञमा प्रमुख वाचक शान्त श्री निवास आचार्य रहनुभएको धामका अध्यक्ष चुरामणि अर्यालले वताउनु भयो । महायज्ञमा बिहान ९ बजे देखि ४ बजे सम्म प्रवचन र साझ ७ बजे देखि ९ बजे सम्म भजन कृतन,दैनिक योग अभ्यास लगाएतका कार्यक्रमहरु हुने गरेकाछन् । महायज्ञका लागि बोडगाँउ चोक देखि धाम सम्मका लागि निःशुल्क यातायातको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

            यसैबिच बाणगंगा नगरको रामदत्तिवन जलेश्वर धाममा सञ्चालन हुदै आएको महायज्ञमा पनि दैनिक भक्तजनहरुको संख्या बढ्दै गएको छ । फाल्गुण १ गतेदेखी ९ गतेसम्म चल्ने महायज्ञमा प्रमुख बाचकको रुपमा ऋषिकेश पोख्रेल रहनुभएको छ । महायज्ञमा मुल पारायण बिहान ७ बजे देखी ११ बजेसम्म र कक्षा बाचन दिउसो १२ बजेदेखी साढे ४ बजेसम्म चल्दै आएको छ ।  गौशाला निर्माणार्थ महायज्ञ सञ्चालन भएको मूल आयोजक समितिका अध्यक्ष लाल बहादुर खड्का (राजु)ले बताउनुभएको छ । 

प्रकाशित : ६ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६