अर्थ-वाणिज्य

चन्द्रौटा :२ वर्षमा २० अर्बका नयाँ उद्योग



कपिलवस्तु ६ फागुन  बृहत शान्ती सम्झौता, संविधान निर्माणका साथै देशमा स्थीर सरकार बनेपछि पछिल्लो २ वर्र्षमा कपिलवस्तुको चन्द्रौटा  र कृष्णनगर आसपासमा झन्डै २० अरवको लगानीमा बन्द उद्योग सन्चालनका साथै नयाँ उद्योग खुल्ने क्रम बढेको छ । जस अनुसार चन्द्रौटा कृष्णनगर क्षेत्रमा चहलपहल मात्र बढेको छैन पाँच हजारको हाराहारीमा मानिसले रोजगारी समेत पाएका छन् । 

           समय नेपालमै पहिलो पटक स्वीस प्रविधिबाट समृद्धि फुडपोडक्स प्राली, विजया श्री स्टील उद्योग, गणपति, बुद्ध, अटल सिमेन्ट लगायत दर्जन बढि नयाँ उद्योग खुलेका छन् । स्वदेशका उद्योगीव्यवसायीले उत्पादन गरेका बस्तुको सहज विक्रि वितरणका साथै करको दायरा अनुसार संरक्षण गर्नुपर्ने उनीहरुको भनाइ छ । बृहत शान्ती सम्झौता पछिपनि तराइका कतिपय जिल्लामा उद्योगीव्यवसायीले ढुक्कसँग लगानी लगाउने बाताबरण नभएकाले थप लगानी गर्न सरकारले भरपर्दो सुरक्षा दिनुपर्ने बताएका छन् । विगतमा इन्धन अभाव, बन्दहड्तालबाट आजित बनेका यहाका व्यवसायीले लोडसेडिंगको अन्त्यसंगै चन्द्रौटा कृष्णनगर क्षेत्रलाइ औद्योगीक करिडोरका रुपमा विकास गर्नुपर्ने माग समेत गरेका छन्  । 

प्रकाशित : ६ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६