अर्थ-वाणिज्य

मेयरले प्रष्टाए सिप बिनाको मान्छे र दिप बिनाको घरको अवस्था



कपिलवस्तु ६ फाल्गुन ।  सीप नभएको मान्छे र दिप नभएको घरको अर्थ नहुन बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले एक कार्यक्रमका बिच बताउनु भएको छ ।  जिल्ला घरेलु तथा साना उद्योग कार्यालय,कपिलवस्तुको सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा बाणगंगा नगरपालिका वार्ड नं ८ मा उद्यमशिलता विकास तालिम समापन कार्यक्रममा सो धारणा व्यक्त गर्नु भएको हो  । कार्यक्रममा बोल्दै नगर प्रमुख थारुले सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक पार्न सबै जना उद्यमी बनी नमुना गाउँ बनाउनुपर्ने कुरामा जोड दिनु भएको भयो । कार्यक्रममा बोल्दै  बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले महिलाहरुमा आत्मवल र कार्यक्रम प्रतिको लगाव भएका उनीहरु सफल उद्यमी बन्ने कुरा बताउनु भएको छ साथै परिवारका एक जना सदस्यमा मात्र निर्भर हुँदा कुनै कारणबशः उ असक्त र असहाय भएमा परिवारमा बिचल्ली आउने हुँदा परिवारका सबै सदस्य उत्पादनमा जोडिनु पर्ने बताउनु भएको छ ।  मन्तव्यकै क्रममा बाणगंगा नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नं ५ का वडाध्यक्ष भिष्मराज भुसालले महिला तथा गृहिणीहरुले घर व्यवहार चलाउँदा वा कुनै काम गर्दा घरबाट माग्न नपर्ने अवस्थाको सृजना गरी उनीहरु व्यवसायका माध्यमबाट आत्मनिर्भर हुनु पर्ने कुरामा जोड दिनु भएको छ ।कार्यक्रममा नगरस्तरीय लघु उद्यम विकास समितिका अध्यक्ष तथा बाणगंगा नगरपालिका वार्ड नं ८ का वडाध्यक्ष गुणनिधि भुसालले गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम संचालन गर्न बाणगंगा नगरपालिकाले वार्ड नं ८ छनौट गरेकोमा धन्यवाद दिदै तालिम उपलब्धीमुलक र सार्थक भएको बताउनु भएको छ । नगरकै लक्ष्य अनुसारको कार्यक्रम रहेको हुनाले अव छनौट भई तालिम लिएका सहभागीहरुलाई सीपमुलक तालिम प्रदान गरी स्वरोजगार बनाउने बताउनु भएको छ ।

            छनौट भएका सहभागीहरुलाई मागमा आधारित सीपमुलक तालिम प्रदान गरी उनीहरुलाई छोटो, मध्यम र लामो अवधीको तालिम प्रदान गरिनेछ । तालिमका सहभागीहरुले ढाकाको झोला बुनाई, सिलाइकटाइ, बाख्रापालन, व्युटिपार्लर,डल कुशन तालिम माग गरेका छन् । ८ दिन सम्म संचालन भएको सो तालिमको सहजीकरण सिद्धार्थ सामाजिक विकास केन्द्रका उद्यम विकास सहजकर्ता यज्ञ बहादुर चन्द्र र डिल्ली हमालले गर्नुभएको थियो । कार्यक्रम नगर स्तरी लघु उद्यम विकास समितिका अध्यक्ष गुणनिधि भुसालको अध्यक्ष, बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुको प्रमुख आथित्यता,बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी को बिशिष्ट आथित्यता र सामाजिक विकास समिति संयोजक भिष्मराज भुसालको आथित्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक थानेश्वर अधिकारीले गर्नु भएको सो कार्यक्रमका ४० जना सम्भावित उद्यमीहरुको सहभागिता रहेको छ ।

प्रकाशित : ६ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६