प्रदेश

सभामुख घर्तीको तर्क शसस्त्र द्वन्द्वको मानविय क्षेति न्यून,द्वन्द्व राजनैतिक विषय भएकाले कानुनी कसीवाट मात्र हेर्न नहुने



रुपन्देही, ९ फागुन। प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले द्वन्द्वका क्रममा भएको मानविय क्षेति उच्च भन्न नमिल्ने वताउनु भएको छ । उहाले वेपत्ता पारिएका व्यक्तिहरुको अवस्था अज्ञात रहेकाले छिटो पत्ता लगाउनुपने बताउनु भएको छ । वेपत्ता पारिएका व्यक्तिहरुको छानविन गर्न गठित आयोगद्वारा बुटवलमा आयोजित पीडित तथा सरोकारवालाहरुसँगको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घर्तीले वेपत्ता पारिएका व्यक्तिहरुको परिवारका सदस्यहरुको पीडा दयनीय रहेकोले उनीहरुको अवस्था पत्ता लगाउन अव ढिलाई गर्न नहुने बताउनु भएको हो । 

        नेपालको द्वन्द्व कम क्षतिमै नेपालकै मौलिकतामा व्यवस्थापन भएको भन्दै सभामुख घर्तीले नवगठित आयोगका पदाधिकारीहरुले आफ्नो कार्यकालमा  जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गर्नुभयो । आफू पनि वेपत्ता परिवारको सदस्य रहेको बताउँदै उहाँले लामो समयसम्म वेपत्ताहरुको अबस्था पत्ता नलाग्दा उनीहरुको परिवारमा थप पीडा हुने बताउनु भयो । नेपालको सशस्त्र द्वन्द्व राजनीतिक बिषय भएको भन्दै सभामुख घर्तीले आग्रह पूर्वाग्रह भन्दा माथि उठेर घटनाको छानबिन र न्याय निरुपण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

        बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका अध्यक्ष युवराज सुवेदीले वेपत्ता पारिएका व्यक्ति भेटाउन सकिएला या नसकिएला तर खोजतलास गरी उनीहरुको अवस्था पत्ता लगाउने कार्यमा आयोगले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । के गर्दा द्वन्द्व पीडित परिवारले न्याय पाउँछन र आयोगले आफूले गर्नुपर्ने जिम्मेवारी र दायित्वमा केही कमी भए आयोग कहाँ चुक्यो भन्ने बिषयमा औल्याइदिन पनि अध्यक्ष सुवेदीले आग्रह गर्नुभयो । 

        प्रदेश नं ५ का विभिन्न जिल्लाका द्वन्द्व पीडित परिवारका सदस्यहरु समेतको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्य डा. गंगाधर अधिकारीले आयोगले आगामी दिनमा गर्ने कार्यक्रम र आयोगका सचिव कृष्णजीवी घिमिरेले आयोगले हालसम्म गरेका गतिविधिहरुबारे छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ केन्द्रीय उपसभापति गोविन्द खनाल, उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधिश केशवराज जोशी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, आयोगका सहसचिव रुद्रनाथ देवकोटा र उच्च अदालत वुटवल बार एशोसिएसनका अध्यक्ष जोगबहादुर खत्री लगायतले बोल्दै आयोग गठन भएको लामो समयसम्म पनि द्वन्द्व पीडितहरुले न्याय पाउन नसकेकोमा अव त्यस्तो नहोस भन्ने आग्रह गर्नुभएको थियो ।

प्रकाशित : ९ फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६