अर्थ-वाणिज्य

कृषि अनुदानमा ब्यापक अनियमितता : समाजवादी



कपिलबस्तु १८ फागुन । समाजवादी पार्टी जिल्ला समन्वय समिति कपिलबस्तुले प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।नेपाल एउटा कृषि प्रधान देश हो कृषि पेशा व्यवसायमा आसृत यस मुलुकलाई समृद्ध गर्न सम्पूर्ण नेपाली जनताको दायित्व रहेको छ । यसै भवना अनुरुप नेपाल सरकारले किसानलाई सबल र समृद्ध बनाउनको निम्ति प्रधानमन्त्री कृषि अधुनिकिकरण परियोजना तरकारी जोन कार्याक्रम मर्फात यस कपिलबस्तु जिल्लाको तरकारी कृषकहरुलाई मलखाद, विउ विजन एवम् कृषि यन्त्र उपकरणमा अनुदान मार्फत  सहयोग गर्ने लक्ष्य लिएको छ  ।जिल्लामा तरकारी जोन संचालक समितिको विहिबार वसेको बैठकबाट जिल्लाको वस्ताविक तरकारी किसानलाई अनुदान दिने निर्णयको बेवास्ता गरी समितिमा बसेको सदस्य एवम् पदाधिकारीहरले प्रत्येक वर्ष आफ्नो वा आफ्ना घर परिवारको सदस्यहरुको नाममा अनुदान कार्यक्रम लिने, एउटै व्यक्ति वा समुहले एक भन्दा बढी कार्यक्रम लिने र वास्तविक किसानलाई वेवास्ता गरी निर्णय गरेकोमा समाजवादी पार्टीको घोर विरोध रहेको ज्ञापन पत्रमा उल्लेखछ ।

             बैठकमा हाम्रो पार्टीको प्रदेश सदस्य एवम् तरकारी जोन संचालक समितिको सदस्य संदिप कुमार पाण्डेयले विरोध जनाउदै निर्णयको प्रतिलिपि माग गर्ने क्रममा निर्णयको प्रतिलिपि समेत नदिएको सो कार्यालयको प्रमुख एवम् समितिका पदाधिकारी द्धारा अभद्र व्यवहार गरिएको प्रति खेद प्रगट गर्दछौं तसर्थ यस कार्यक्रम अन्तृगत रहेको उचित किसानहरुको अनुगमन गरी विधि प्रकृया पुर्याई अनुदान वितरण गर्नको लागि माग गर्दै सो ज्ञापन पत्र बुझाएका छन् ।समितिका पदाधिकारीहरु आफै मानोमानी ढंगले अनुदानको समान पम्पसेट, ट्क्टर गैर किसानले लिने गरेको प्रति समाजवादी पार्टीले घोर विरोध सहित  अनुदान वास्ताविक कृषकले पाउनु पर्ने पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए । अध्यक्ष यादवले पार्टीको प्रदेश सदस्य एवम् तरकारी जोन संचालक समितिको सदस्य  पाण्डेयलाई दुव्र्यवहार गरेकोलाई कारवाहीको माग गरेका छन्  । जिल्ला प्रशासनले कारवाही गरेन भने समाजवादी पार्टी विभिन्न किसिमको चरण बद्ध आनदोलन गर्ने यादवले बताए । ज्ञापन पत्र बुझ्दै प्रजिअ  पौडेलले यस विषयमा तत्कलै छानविन गरी दोषीलाई कारवाही गर्ने बताए ।  ज्ञापन पत्र बुझाउन जिल्ला अध्यक्ष यादव सहित, पुर्व मन्त्री दान बहादुर चौधरी, नेता प्रकाश यादव, इरफान खान संदिप पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।    

प्रकाशित : १७ फाल्गुन २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६