अर्थ-वाणिज्य

मुख्यमन्त्री पोख्रेल इन्जिनियर प्रति यतिधेरै आशाबादी किन ?



बुटवल, १८फागुन मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ र सिंगो राष्ट्र निर्माण योजनावद्ध र समयवद्ध रुपमा गर्नु आवश्यक रहेकाले त्यो काम गर्न सक्ने इन्जिनियर प्रति धेरै आशाबादी  रहेको वताउनु भएको छ नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट इन्जिनियरहरुको संगठन प्रगतिशील इन्जिनियर्स एशोसिएसन (पिन) को प्रदेश नं. ५ प्रदेश कमिटी  घोषणा सभालाई विहीवार सम्वोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारले तय गरेको समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न इन्जिनियरहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।उहाँले राष्ट्र निर्माणका लागि इन्जिनियरहरुको योगदान महत्वपूर्ण रहेको भन्दै प्रदेश सरकारले लिएको समृद्ध प्रदेश खुसी जनताको परिकल्पना पूरा गर्न इन्जिनियरहरुको भूमिकाको सदैव खाँचो रहेको बताउनु भयो ।

          नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट इन्जिनियरहरुको संगठन प्रगतिशील इन्जिनियर्स एशोसिएसन (पिन) को प्रदेश नं. ५ प्रदेश कमिटी अध्यक्षमा इन्जिनियर जीवन अर्याल निर्वाचित हुनुभएको छ ।बुटवलमा आयोजित प्रादेशिक एकता भेला तथा प्रदेश कमिटी घोषणा सभा कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नवगठित कमिटीको नाम घोषणा गर्नुभएको थियो ।

    नवगठित कमिटीको उपाध्यक्षमा इन्जिनियर रामधन श्रेष्ठ, सचिवमा अरुण खनाल र कोषाध्यक्षमा सचिन थापा रहनु भएको छ ।त्यसैगरी प्रदेश कमिटी सदस्यहरुमा इन्जिनियरहरु खुमलाल बिसी छबिन्द्र भटराई, भेषराज भुसाल, दिपक भटराई, दिपक पाण्डे, विवेक लामिछाने, विक्रम पौडेल, विरमान रास्कोटी, प्रदिप वन, नवराज विक, राकेश पाण्डे, पदम पोखरेल, खुवी शाही, शेषमणी पौडेल, पारशमणी सुवेदी, तुलसी वस्ती, निशा वन, दिपेश घिमिरे, सुदीप डुम्रे, विश्व केसी र शिशिर ज्ञवाली रहनु भएकछ ।

          मुख्यमन्त्री पोखरेलले प्रदेशको विकास निर्माण तिव्र गतिमा अगाडी बढेको बताउँदै विकास निर्माणलाई दिर्घकालीन वनाउन इन्जिनियरहरुको सल्लाह र सुझाव आवश्यक रहेको उल्लेख गर्नुभयो । एशोसिएसनका संयोजक इन्जिनियर दुजेन्द्र बस्नेतको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवं प्रदेशसभा सदस्य दधिराम न्यौपाने, प्रदेश कमिटी सदस्य एवं राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य गोपाल भट्टराई, नेकपा रुपन्देहीका अध्यक्ष एवं बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी लगायतले मुलुक निर्माणकोअभियानमा इन्जिनियरहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भएको थियो । 

प्रकाशित : १७ फाल्गुन २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६