अर्थ-वाणिज्य

रोटरी क्लबमा २५ बर्ष सेवा दिने सम्मानित



बुटवल, १८ फागुन । रोटरी क्लबको सदस्यता लिएर २५ बर्षभन्दा बढी योगदान दिएका अग्रजहरुलाई बुटवलमा सम्मान गरिएको छ । रोटरी क्लब अफ बुटवलको १३०० औं नियमित बैठकका क्रममा उनीहरुलाई सम्मान गरिएको हो ।रोटरी डिष्ट्रिक ३२९२ नेपाल÷भुटानले २५ बर्ष भन्दा धेरै रोटरीमा सेवा गरेका ७० जनालाई गएको २३ फेब्रुअरीका दिन काठमार्डौमा विशेष सम्मान गरेको हो । जसमा रोटरी क्लब अफ बुटवलका बिन्ध्याकेशर जोशी, रुपकिशोर लाकौल, निर्मल लाकौल, रामप्रसाद खरेल, दिनेश जोशी र मणिरत्न पाण्डे सम्मानित हुनुभएको थियो । त्यसरी सम्मानित हुनेहरुलाई शनिवार बुटवलमा रोटरीको सम्मानपत्र हस्तान्तरण गरिएको हो । सो अवसरमा क्लबका अध्यक्ष डिल्लीकुमार श्रेष्ठले स्वार्थभन्दा माथि उठेर समाजका हरेक क्षेत्रमा निस्वार्थ भावनाले काम गर्दै जाने रोटरीको उद्देश्यलाई हामी सबैले पालना गर्नु पर्ने बताउनु भयो । उहाँले रोटरीले शिक्षा, स्वाश्थ्य, बातावरण, महिलाका क्षेत्रमा अभावमा रहेका समुहमा आत्मबल बढाउन हातेमालो गर्दै आएको बताउनु भयो ।

                 कार्यक्रममा क्लबका पूर्व अध्यक्ष कृष्णप्रसाद अर्यालले रोटरी क्लबले गर्दै आएको गतिविधि र प्राथमिकताका क्षेत्रहरुका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले रोटरी शिक्षा, स्वाश्थ्य लगायतका विभिन्न ६ वटा विषयमा आफुलाई केन्द्रीत गरि विश्वभरी काम गर्दै आएको बताउदै रोटरी र समाज एक अर्काका परिपुरक बनेर अगाडी बढेको दावी गर्नु भयो । क्लबका अध्यक्ष डिल्लीकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ बुटवलका प्रेसिडेन्सीयल काउन्सिलका संयोजक विन्ध्याकेशर जोशी, संघका पूर्व अध्यक्ष अजयमान श्रेष्ठ, इ.छविन्द्र भट्टराई लगायत बोल्नु भएको थियो । कार्यक्रम सञ्चालन क्लबका सचिव रोमनाथ शर्माल गर्नु भएको थियो । 

प्रकाशित : १८ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६