प्रदेश

घरदैलोमा पुगेर भण्डाफोर गर्ने नेता वलदेवको तर्क : विकृतिका विरुद्ध तुफान श्रृजनागर्ने अध्यक्ष पोख्रेलको दावि



कपिलवस्तु २४ फागुन । नेकपाको सरकारलाई कमजोर बनाउन भएका सबै प्रकारका गतिविधि र षड्यन्त्र प्रतिवाद गर्ने पूर्बमन्त्री चक्रपाणी खनाल बलदेबले बताउनु भएको छ । नेकपाका स्थायी कमिटि सदस्य समेत रहनुभएका नेता बलदेबले नेकपाले नेता,कार्यकर्ता र संगठित सदस्यहरुको योजनाबद्ध परिचालन गर्न ३ महिने बिशेष अभियान सञ्चालन गरेको बताउनु भयो । नेकपा कपिलवस्तुको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ कोे बैठकलाई सम्बोधन गर्दै नेता बलदेवले विशेष अभियानमा लाग्न सबैमा आग्रह गर्नुभयो । उहाले अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरुलाई जनतासँग जोड्ने र आम जन समुदायलाई सरकारद्धारा सञ्चालित नेकपाको विकास, सम्बृद्धि र सामाजिकन्याय सहितको महाअभियानसँग जोड्ने स्पष्ट पार्नूभयो । 

      यस्तै पूर्बमन्त्री बलदेवले जिल्लाका ३ निर्वाचन क्षेत्र मध्ये बिकासको तिव्र गतिमा क्षेत्र नं १ अघि बढिरहेको बताउनुभयो । उहाले जिल्लाका सबै बिकास निर्माणका कामहरुलाई सुचिबद्ध ढंगले लैजानुपर्ने बताउदै सरकारले गरेका सकारात्मक कामहरुबारे जनता माझ सन्देश सम्प्रेशण गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै प्रदेश ५ का सांसद बिष्णु पन्थीले सिंगो मुलुक नेकपाको हातमा रहेको बताउदै पार्टीमा अहिले ठूलो अबसर संगै चुनौति पनि रहेको बताउनुभयो ।

        ३ तहकै सरकारलाई लोकप्रिय बनाउन अब जनताका भावना अनुरुपका कामलाई प्राथमिकता दिनुपर्ने सांसद पन्थीको भनाई छ ।अभियान अन्तर्गत आगमी चैत र वैशाख महिनामा केन्द्रीय सङ्गठन विभागको योजना र निर्देशन अनूरुप सङ्गठित सदस्यता नविकरण गरिने, २०७७ जेठ मसान्त सम्ममा घरदैलो, पदयात्रा, टोल भेला, र टोल सभागर्ने, असार महिनाको अन्तिम सम्म पालिकास्तरमा जन ¥यालीसहित जनसभाहरु गर्ने लगाएतका कार्यहरु रहेका छन । यीनै बिषयमा केन्द्रित रहदै समन्वय कमिटिको बैठकले महत्वपूर्ण बिभिन्न निर्णयहरु गरेको कमिटिका संयोजक डम्मर शर्माले बताउनुभयो । कमिटिका संयोजक शर्माको अध्यक्षतामा बसेको बैठकको सञ्चालन सचिव देबराज अर्यालले गर्नुभएको थियो । बैठकमा प्रदेश सभातथा क्षेत्र नं १ का ईञ्चार्ज कृष्ण पौडेल, सहईञ्चार्ज जनि बन्जाडे लगाएतका नेताको उपस्थिती थियो  ।

        यता नेकपा कपिलवस्तुले संचालनगर्ने ३ महिने विशेष अभियान अन्तर्गत कपिलवस्तु नगर कमिटीले बिशेष कार्ययोजना निर्माण गरेकोछ । आज तौलिहवामा बसेको नगर कमिटीको बैठकले यस्तो योजना वनाएको हो । जस अनुसार चैत्र महिनाको पहिलो हप्ता भित्रनगरका सबै वडाका बैठकहरु बस्ने , दोश्रो हप्ता र तेश्रो हप्तामा घरदैलो अभियान गरेर पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता प्रदानगर्ने निर्याय गरेको छ । 

            चैत्रको चौथो हप्तामा जनप्रतिनिधीले गरेका विकास निर्माणका राम्राकामको सूचीतयार पार्ने , अनियमितता गर्ने जनप्रतिनिधीका कामको समेत अलग्गै सूचीतयार पार्ने , गैससले गरेका राम्रा र जनतालाई भड्काउने शैलीका गतिविधीको विवरण तयार पार्ने ,सरकारी कार्यलयवाट जनताले सहजै सेवा पाए नपाएको अनुगमनगर्ने  निर्णय गरेको छ ।  

    बैशाख र जेठमा गर्ने पार्टी एकता सुदढीकरण तथा जनसम्वन्ध विस्तार अभियानका कामको  विस्तृत खाका पुनअर्काे बैठक बसेर तयार पार्ने निर्णय बैठकले गरेको छ । नगर कमिटीको उक्त बैठकमा बोल्दै नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले कपिलवस्तुमा कृषि अनुदान वितरणमा भैरहेको अनियमितता वारे नेकपाले गंभिर चासो दिएको वताउनु भयो । 

    उहाले  ३ तहमा कम्युनिष्टको सरकार हुने तर वास्तविक किसानले नभई विचौलियाले अनुदान हुत्याउने कार्य नेकपाकालागि स्वीकार्य नुहने वताउनु भयो । अनियमितता गर्ने नेकपाकै मान्छे भएपनि नछाड्ने स्पष्ट पार्दै जनताले नपचाउने किसिमका कामगर्ने ३ जना जिल्ला कमिटी सदस्यलाई भर्खरै कमिटीवाट निलम्वन गरिएको  जानकारी दिनु भयो । विकृतिका विरुद्ध तुफान श्रृजनागर्ने अध्यक्ष पोख्रेलको दाविरहेको छ । 

        कपिलवस्तु नगरपालिकाको शिक्षा फाँटका धेरै गुनासो सुन्नमा आएकाले नेकपा नगरकमिटीले यसमाथि   छानविन थाल्न आग्रहगर्नु भयो । उक्त बैठकमा नगर कमिटीका अध्यक्ष भेषराज पाण्डेले बोल्दै नेकपाले जहाकम जोरी पाउछ त्यहा हिर्काउछ भन्ने कुरा ब्यवहार मै देखाउने दाविगर्नु भयो ।  कमिशन खोर प्रबृत्ति र भ्रष्टीकरणका घटना पार्टीमा जानकारी दिन आग्रहगर्नु भयो । बैठकमा प्रदेश कमिटीका सदस्य खुमप्रसाद आचार्य , जिल्ला सचिवलयका सदस्यद्वेय युवराज पोख्रेल र विमल सारु मगरको समेत उपस्थिती थियो । 

प्रकाशित : २४ फाल्गुन २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६