चन्द्रौटा २५ फागुन । भारतको गोरखपुरमा अलपत्र परेकी एक नेपाली किशोरीलाई उद्धार गरिएको छ । कपिलवस्तु नगरपालिका वडा न ८ दोहनी निवासी १६ वर्षिय नाम परिवर्तन नरमायालाई भारतीय प्रहरीको सहयोगमा शान्ति पुनः स्थापना गृहले गोरखपुर स्थित वाल आश्रमवाट उद्धार गरेको हो ।
शिवरात्रीको दिन मेला जान्छु भनेर हिडेकी किशोरी सम्पर्क विहिन भएपछि परिवारले प्रहरी समक्ष खोजिदिन आग्रह गरेका थिए । खुनुवा नाका हुदैँ भारत प्रवेश गरेको सुचनाका आधारमा भारतीय प्रहरी सँग समन्वयन गरी उद्धार गर्न सफल भएको गृहका क्षेत्रीय संयोजक भुमीराज भट्टराईले बताउनुभयो ।
उद्धार गरिएकी किशोरीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु मार्फत परिवारको जिम्मा लगाइएको छ । बेपत्ता भएकी छोरी भेटिएपछी बुबाले खुसी व्यक्त गरेका छन् । किशोरीलाई कसले किन लग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
प्रतिक्रिया