प्रदेश

शिवरात्रीका दिन हराएकी १६ वर्षिय किशोरीको गोरखपुर वाल आश्रमवाट उद्धार



 चन्द्रौटा २५ फागुन । भारतको गोरखपुरमा अलपत्र परेकी एक नेपाली किशोरीलाई उद्धार गरिएको छ । कपिलवस्तु नगरपालिका वडा न ८ दोहनी निवासी १६ वर्षिय नाम परिवर्तन नरमायालाई भारतीय प्रहरीको सहयोगमा शान्ति पुनः स्थापना गृहले गोरखपुर स्थित वाल आश्रमवाट उद्धार गरेको हो । 

        शिवरात्रीको दिन मेला जान्छु भनेर हिडेकी किशोरी सम्पर्क विहिन भएपछि परिवारले प्रहरी समक्ष खोजिदिन आग्रह गरेका थिए । खुनुवा नाका हुदैँ भारत प्रवेश गरेको सुचनाका आधारमा भारतीय प्रहरी सँग समन्वयन गरी उद्धार गर्न सफल भएको गृहका क्षेत्रीय संयोजक भुमीराज भट्टराईले बताउनुभयो ।

        उद्धार गरिएकी किशोरीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु मार्फत परिवारको जिम्मा लगाइएको छ । बेपत्ता भएकी छोरी भेटिएपछी बुबाले खुसी व्यक्त गरेका छन् । किशोरीलाई कसले किन लग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

प्रकाशित : २५ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६