प्रदेश

सडक मापदण्ड कार्यान्वयनमा जिससको नेतृत्व,बाधा अवरोध हटाउन कार्यदल



कपिलवस्तु ९चैत्र कपिलवस्तु जिल्ला रहेका संघ ,प्रदेश र स्थानिय तहका सडक योजना समयमै सक्न जिल्ला समन्वय समितिले आवश्यक पहल गर्ने भएको छ । जिल्लामा स्विकृत तथा कार्यान्वयनमा रहेका सडक योजना निर्धारित समयमा सम्पन्न गर्न समन्वय समितिको बैठकले बिभिन्न बिषयमा कार्ययोजना बनाई अघि बढ्ने भएको छ । बैठकले कपिलवस्तु नगरपालिका बजार अन्तर्गत तौलिहवा लुम्बिनी सडक मापदण्ड भित्र रहेका घर पसलहरु हटाउने निर्णय गरेको  छ ।

            हुलाकी सडक जमुवार देखी रामघाट सम्म अब्यवस्थित रुपमा रहेका घरटहरा हरु हटाउने र यदि कसैले बाधा अवरोध सिर्जना गर्न खोजे जिसस प्रमुख नारायण खनालको संयोजकत्वमा राजनैतिक दल ,प्रशासन एवम सुरक्षा नियाकाले सहभागितामा समस्या समाधान गर्ने निर्णय गरेको जनाईएको छ ।  

                यस्तै छाडा चौपाय ब्यवस्थापनका निम्ती बाणगंगा नगरपालिकाले गौशाला निर्माण गर्ने भएको छ । यसको ब्यवस्थापनका निम्ती नगरपालिको बिभिन्न योजना बनाईरहेको र यसका लागि जिल्ला समन्वय समितिले आवश्यक बजेट दिने भएको छ । साथै गौशाला निर्माणका लागि अन्य स्थानिय तह ,प्रदेश सरकार र संघबाट पनि बजेट माग गर्ने प्रस्ताव अघि सारको समितिले जनाएको छ । 

प्रकाशित : ९ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६