प्रदेश

सिंहरबार प्रवेश गर्ने सेवाग्राहीको तापक्रम मापन



काठमाडौं १० चैत । प्रमुख प्रशासनिक केन्द्र सिंहरबार प्रवेश गर्ने सेवाग्राहीको तापक्रम मापन गर्न थालिएको छ ।कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध लड्न आइतबारदेखि तापक्रम मापन गर्न थालिएको हो ।ज्वरो मापनका लागि स्वास्थ्य सेवा विभागको ५ जनाको टोली सिंहदरबारको सेवाग्राही प्रवेश गर्ने दक्षिण गेटमा खटिएका छन् ।सिंहदरबार प्रवेशका लागि आउने सेवाग्राहीमा १०० डिग्रीसम्म तापक्रम देखिएमा छुट्टै कक्षमा राखेर तापक्रम घटेपछि मात्रै प्रवेश दिइएको एक स्वास्थ्यकर्मीले बताए ।कोरोनाको सम्भावित संक्रमणलाई ध्यान दिँदै सरकारले सतर्कता अपनाउन आग्रहको छ । सिंहदरबारलगायतका प्रशासनिक निकायमा सेवाग्राही आउने क्रम केही कम भए पनि रोकिएको छैन ।

प्रकाशित : १० चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६