प्रदेश

आजदेखि अत्यावश्यक बाहेक अन्य सेवा बन्द, हिँडडुलमा प्रतिबन्ध र अटेर गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार सजाय हुने



काठमाडौं, ११ चैत । नेपाल सरकारले कोरोनाभाइरसको जोखिमका कारण  मङ्गलवार आज विहान ६ः०० बजेबाट लागु हुने गरी देशभर अत्यावश्यक सेवाबाहेक  अन्य कामका लागि घरबाहिर निस्कन नपाउने गरी ’लकडाउन’ गर्ने आदेश लागू  गरेको छ । सरकारको निर्णय  आज विहान ६ बजेबाट लागु भई चैत १८ गते बिहान ६ बजेसम्म कायम रहने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।  कोभिड–१९ को रोकथाम गर्नका निम्ति मानिसहरू बीचको दूरी कायम गर्नका लागि अझ प्रभावकारी बनाउन सरकारकाले अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण सेवालाई यथास्थितिमा राख्ने र व्यक्तिहरू घरबाहिर ननिस्कने खालको वातावरण बनाउन अपील गर्ने निर्णय ढकालले बताउनुभयो ।

                औषधि, खाद्यवस्तु, स्वास्थ्य उपकरण, पानी, दूध र इन्धन लगायत अत्यावश्यक बाहेक सम्पूर्ण निजी उद्योग पनि बन्द गरिने जनाइएको छ । कलकारखानामा काम गर्ने श्रमिकहरूलाई बिदा हुनेछ । लकडाउनको समयमा कालोबजारी गर्नेलाई कारबाही गरिने जनाइएको छ । सरकारले औषधि र औषधिजन्य सामाग्रीहरूको नियमित आपूर्तिको व्यवस्था गर्ने जनाएको छ । सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ ।

                सर्वसाधारणणले औषधोपचार र खाद्यवस्तुको खरिदजस्ता अत्यावश्यक कामबाहेक अन्य कोही पनि घरबाट निस्कन पाउने छैनन । त्यस्तै  अनुमतिप्राप्त बाहेक सबै प्रकारका सार्वजनिक र निजी सवारीसाधन चल्न पाउने छैनन । सुरक्षा निकायका विमान र तोकिएका उडानबाहेक अन्य सबै आन्तरिक र व्यावसायिक उडानहरू बन्द हुने छन् । स्वास्थ्य, भन्सार, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, क्वारेन्टीन, फोहोरमैला व्यवस्थापन लगायत अत्यावश्यकबाहेक अरू क्षेत्रका सम्पूर्ण सरकारी कर्मचारीलाई बिदा दिइएको छ ।

            अन्य कर्मचारीहरूलाई आवश्यक पर्दा उपस्थित हुने गरी कार्यलय प्रमुखले बिदा दिन निर्देशन दिइएको छ ।  सरकारको आदेशको कार्यान्वयनमा अटेर गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार सजाय हुने सरकारले जारी गरेको सूचनामा उल्लेख छ । त्यस्तै लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था छ ।

प्रकाशित : ११ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६