प्रदेश

३ जिल्लामा ७ सय सवारी साधन नियन्त्रणमा,मापसे गरेका चालक कारवाहीमा



कपिलवस्तु ११ चैत्र । सरकारले जारी गरेको लकडाउन अवज्ञा गर्दै  सडकमा चलेका ७ सय वढी साधन दाङ ,रुपन्देही र कपिलवस्तुवाट नियन्त्रणमा लिएको छ । जस अनुसार कपिलवस्तुमा १ सय ७४ सवारी साधान र १४ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, जिल्ला ट्राफिक प्रहरी कार्यालयले साना ठुला गरि १ सय ७४ सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक सुनिल मल्ले जानकारी दिनु भयो । 

        प्रहरीले बिहानैदेखि सक्रियता संगै माईकिङ गरि सर्वसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिरहेको समयमा अटेर गरि सवारी साधान संचालन गर्नेलाई कार्वाहि स्वरुप नियन्त्रणमा लिएको उहाँले वताउनु भयो । आग्रहलाई वेवास्ता गरि हिडेका स्कुटि, मोटरसाईकल, ३ पाङग्रे सवारी साधान सहित १४ व्यक्तिलाई नियन्त्रण लिई कार्वाहि गरेको मल्लले वताउनु भयो । प्रहरीले सिमावर्ती क्षेत्र, कृष्णनगर, चन्द्रौटा, गोरुसिगे, ४ नम्मर जितपुर, लगाएत क्षेत्रका चोक तथा भित्री सडकमा समेत माइकिङ गरेर सावधानी अपनाउन र घरबाट ननिस्कन अनुरोध गरिरहेको छ ।

        यसैविच प्रहरीले प्रदेश ५ को अस्थायी राजधानी बुटवलबाट २ सय बढी सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ । तीमध्ये २ जनाले मापसे गरी सवारी चलाएको फेला परेका छन् । उनीहरुलाई बुटवलका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनु भयो ।यस्तै जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुसार मंगलबार विहानदेखि यो समाचार लेख्ने बेलासम्म ३ सय ५० वटा सवारी साधन नियन्त्रणमा लिइएको छ ।  

प्रकाशित : ११ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६