प्रदेश

यसरी गरिन्छ कोरोनाभाइरस नेपालमा परीक्षण, यस्तो छ अवस्था



काठमाडौं, १२ चैत । नेपालमा कोरोनाभाइरस सङ्क्रमण भए नभएको प्रयोगशाला परीक्षण गर्ने किट र उपकरणको अहिले अभाव नरहेको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार अहिले प्रयोगशालामा कोरोनाभाइरस सङ्क्रमण भए नभएको परीक्षण गर्नका लागि २ हजार भन्दा बढी किट उपलब्ध रहेका छन् । गुप्ताका अनुसार थप किट आउने क्रममा रहेको छ ।

        परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार छिमेकी चीन र भारतबाट पनि परीक्षण किट र स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा पोशाक तथा उपकरण आउने क्रममा रहेको छ । हालै कतारको दोहा हुँदै फ्रान्सबाट नेपाल आएकी एक युवतीमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएपछि उनको शुक्रराज अस्पताल काठमाण्डूमा उपचार भइरहेको छ । उनी नेपालकी दोस्रो कोरोनाभाइरस सङ्क्रमित हुन्।

        स्वास्थ्य मन्त्रालयले काठमाण्डूको जस्तै कोरोनाभाइरस परीक्षण प्रयोगशाला देशका सातै वटा प्रदेशमा विस्तार गर्ने योजना सार्वजनिक गरिसकेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकारीहरूका अनुसार कोरोनाभाइरस परीक्षण सुविधा केही दिनभित्रै वीर अस्पताल, धुलिखेल अस्पताल, पाटन अस्पताल र बीपी कोइराला अस्पताल धरानमा पनि विस्तार गरिने छ । त्यसपछि क्रमिक रूपमा सातै प्रदेशमा त्यो सुविधा विस्तार गरिने छ । 

        जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी एवं प्राविधिकहरुका अनुसार प्रयोगशालामा अहिलेसम्म झन्डै ६५० नमुना परीक्षण भइसकेको छ। तीमध्ये जम्मा दुईवटा मात्र सङ्क्रमित पाइएका छन् । नमुनाहरू आउने क्रम अहिले बढेको छ । डब्ल्यूचओको मान्यताप्राप्त प्रयोगशालामा पीसीआर भनिने उपकरणको सहायताले नमुनाहरू परीक्षण गरिन्छ ।  विश्व स्वास्थ्य सङ्गठन, डब्ल्यूएचओका अनुसार कोरोनाभाइरसको महामारी रोकथामका लागि मानिसहरू एकान्तबासमा बस्न जरुरी हुन्छ । बढीभन्दा बढी शङ्कास्पद व्यक्तिको घाँटीबाट निकालिएको तरल पदार्थको परीक्षण गर्नु पर्दछ ।

प्रकाशित : १२ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६