स्वास्थ्य

कोरोनाभाइरस फैलनबाट रोक्न यसो गरौं



बिबिसी– विश्वलाई आतंकित बनाएको कोरोना भाइरसको संक्रमण १ सय ९७ बढी राष्ट्रमा फैलिएको छ। स्वास्थ्य विशेषज्ञहरुले कोरोना भाइरसको जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बारे विभिन्न नयाँ उपायहरु पनि खाजिरहेका छन्। यदी प्रत्येक व्यक्तिले सावधानी अपनाइ दिने हो भने कोरोना भाइरसको जोखिम धेरै हदसम्म कम भएर जान्छ। कोरोना भाइरसको बढ्दो जोखिमको यो घडीमा ‘मैले के गर्न सक्छु’ भन्ने महत्वपूर्ण विषय हो। तसर्थ केही यस्ता उपायहरु छन्, जसलाई प्रत्येक व्यक्तिले अवलम्बन गर्ने हो भने हामी आफै पनि बच्न र अरुलाई बचाउन सक्छौं। 

कोरोना भाइरसको फैलावटलाई मैले कसरी कम गर्न सक्छु 

–    घरमै बस्नुहोस्। यो समयमा यात्रा गर्नु र सामाजिक सम्पर्कमा आउन आवश्यक छैन। 

–    अत्यावश्यक काम भए मात्र घरबाट बाहिर निस्कनुपर्छ। जस्तै स् अस्पताल जानु परेमा, अत्यावश्यक खाद्य सामग्रीको किनमेल।

–    अति नै आवश्यक काम भए मात्र यात्रा गर्ने।

–    दुई जना भन्दा बढी मानिसको भीडमा नजाने। 

–    आफ्नो घर छाडेर अरुको घरमा नजाने र सामाजिक गतिविधिमा सहभागी नहुने

–    यदी अस्वस्थ हुनुभयो भने आफु र आफ्नो परिवारलाई आइसोलेट गर्ने

–    एक अर्काको सम्पर्कमा रहने 

म कसरी स्वस्थ रहन सक्छु 

–    साबुन पानीले २० सेकेण्डसम्म हात धुने। स्यानिटाइजर जेलको पनि प्रयोग गर्न सकिन्छ। 

–    खोक्दा या हाच्छ्यु गर्दा रुमाल तथा टिस्यु पेपरले मुख छोप्ने।

–    यदी रुमाल या टिस्यु पेपर छैन भने हातको बाहुलाको प्रयोग गर्ने

–    आँखा, नाक र मुखलाई हातले नछुने। 

लक्षणहरु के के हुन् रु यदी मैले अस्वस्थ महसुस गरे के गर्ने 

–    ज्वरो आउनु तथा थकाई लाग्नु, लगातार सुख्खा खोकी लाग्नु र श्वासप्रश्वासमा समस्या यसको मुख्य लक्षण हुन्। 

–    यदी यी लक्षण भएका कुनै व्यक्तिसँग तपाई सम्पर्कमा आउनु भएको थियो भने लक्षण नदेखिएसम्म १४ दिन घरमै बस्नुहोस्।  अन्य व्यक्तिको सम्पर्कमा नआउने र घरमै हुनुहुन्छ भने तीन कदम पछाडी रहने। 

–    यदी सात दिनसम्म पनि निको नभए या लक्षण बढ्दै गए चिकित्सकसँग परामर्शका लागि अस्पताल जाने।

–    अस्पतालमा भाइरसको परीक्षण गर्ने।  

प्रकाशित : १७ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६