स्वास्थ्य

कोरोना परीक्षणको पिसिआर मेसिन बुटवलमा, दैनिक १६वटा परीक्षण हुने



रुपन्देही  १९ चैत्र   प्रदेश ५ सरकारले प्रदेशको तीन स्थानमा स्थापना गर्न लागेको कोभिड १९ परिक्षण योगशालाका लागि संघीय सरकारले पठाएको पिसिआर मेसीन बुधवार बुटवल आइपुगेको छ ।प्रदेशका तीन स्थानमा प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय अनुसार पिसीआर सहित परिक्षणको लागि आवश्यक अन्य उपकरणहरु पनि बुटवल आइपुगेको हो ।

रुपन्देहीको भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रमा प्रदेशस्तरिय प्रयोगशाला स्थापना भएपछि कोभिड १९ को स्वाव परिक्षण रिपोर्ट तत्काल आउने र संक्रमणको आशंकितहरुले धेरै समय कुर्न नपर्ने प्रदेश सरकारले अपेक्षा गरेको छ ।संघीय सरकारले पठाएको पोलिमेरेज चेन रिएक्सन (पिसीआर) संचालनका लागि तिब्र गतिमा काम भईरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

    गिरीका अनुसार पिसिआरले प्रत्येक दिन १६ वटा स्वाव नमुना संकलनको जांच गर्नेछ । प्रयोगशाला नभएकै कारण केन्द्रिय प्रयोगशालामा नमूना पठाउन ढिलो हुंदा बुटवलमा एकजनाको ज्यान समेत गएको छ ।प्रदेश प्रयोगशाला प्रमुख गिरीले प्रयोगशाला स्थापनाको काम तिब्र गतिमा भईरहेकाले केही दिनमा प्रयोगशाला संचालनमा आउने जानकारी दिनुभयो ।

    मेसिन सहित प्राबिधिकहरुका लागि पर्सनल प्रोटेक्ट इकुमेण्ट, नमुना संकलनका लागि आवश्यक किट तथा नमुना ट्रान्सपोटेसनका लागि फ्रिज बक्सहरु समेत संघीय सरकारले बुटवल पठाएको छ ।प्रदेश सरकारले रुपन्देही सहित दाङको बेलझुण्डी र नेपालगन्जको भेरी अस्पतालमा कोभिड १९ को परिक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : १९ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६