सूचना र प्रविधि

पहिले तस्करी हुदै आएका नाकावाट अहिले घुसपैठ, विद्यमान क्वारेण्टाइनमा ३७ प्रतिशत सीट खाली



कपिलवस्तु १९ चैत्र कपिलवस्तुमा बुधवार साझ सम्म  १० पालिकमा तयार गरिएको ८ सय २२ क्वारेन्टाईन बेडमा ५ सय २० जना बसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो कुल क्षमताको ३७ प्रतिशत रिक्तहो । जमध्ये ९५ प्रतिशत बढी भारतबाट फर्केकाहरुलाई राखिएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले वताउनु भयो । क्वारेन्टाईनमा बसेका मध्ये नौ जना घरमा फर्किएका छन् । नेपाल र भारत दुबै तर्फ कारेना भाईरस फैलन नदिन अहिले लक डाउन जारी छ । दुबै देशले सीमा नाका समेत बन्द गरेको छ । तर जिल्लामा भने दिनहु सयौ जना चोर नका हुदै फर्किने गरेका छन । अधिकांस साना नाका र चोर बाटो प्रयोग गरेर ठुलो संख्यामा रोजगारीका लागी भारतको बिभिन्न स्थान गएका नेपाली प्रवेश गर्ने गरेको देखिएको छ । उनीहरुसंगै नेपालमा नातेदार भएका भारतीयहरु पनि आइरहेको वताइएको छ । अहिले कपिलवस्तुको पश्चिमी क्षेत्रका बिभिन्न नाका सगै सदरमुकाम तौलिहवा जोडिएको यशोधरा गाँउपालिकाको मर्यादपुर, सेमरी, नोनवा, पकडीहवा लगायतका नाकाबाट ठुलो संख्यामा नेपालीहरु निर्वाध नेपाल प्रवेश गर्ने गरेको भेटिएको छ ।जिल्लामा कृष्णनगर, सुठौली, चाकरचौडा लगायतक एक दर्जन नाका छन । जिल्लाका चोर नाकाबाट उनीहरु भित्रिने गरेका छन । उनीहरु सुरक्षाकर्मीलाई छलेर आउने गरेका छन । यसरी चोर बाटो हुदै नेपाल प्रबेश गरेका ब्यक्तिहरु सिधै घरमा जाने भएकाले कोरोनाको उच्च जोखिम समेत बढेको र कोरोना रोकथाममा भने चुनौती थपिएको मानव अधिकारकर्मी रबि ठाकुरले वताउनु भयो कपिलवस्तुको ९३ किलो मटिरको खुला सिमाका कारण निगरानी राख्न गारो भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रजिअ अधिकारी दिर्घ नारायण पौडेलले खुला सिमा मुख्य चुनौती भएको वताउदै चोरी वाटो नेपाल प्रवेश गर्न नदिन थप कडाई गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएको वताउनु भयो ।  

प्रकाशित : १९ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६