अन्तर्राष्ट्रिय

चीनमा कोरोना संक्रमित एक्टिभ बिरामीको संख्या २ हजार बढि



काठमाडौं २० चैत । कोरोना भाइरस कोभिड–१९ को उद्गमस्थल चीनमा यसबाट संक्रमित हुने एक्टिभ बिरामीको संख्या २ हजार ६ सय ४० मा झरेको छ । अमेरिका, इटली, स्पेनलगायतका देशहरूमा संक्रमण र मृत्यु दर बढिरहेका बेला चीन त्यसलाई न्यूनीकरण गर्न सफल भएको हो ।जोन हप्किन्स विश्वविद्यालयका अनुसार, चीनका ८२ हजार ३ सय ६१ जनामा कोरोना भाइरसको लक्षण देखिएको थियो । यीमध्ये ३ हजार ३ सय १६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ७६ हजार ४०५ मानिस स्वास्थ्यलाभ गरेर घर फर्किसकेकाले अब मात्रै २ हजार ६ सय ४० कोरोना संक्रमित बिरामी चीनमा बाँकी छन् । यी सबैको हाल उपचार भइरहेको र ४०० बढीको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।गत डिसेम्बरको अन्तिम साताबाट देखापरेको कोरोनाबाट इटलीमा सबैभन्दा धेरै १३ हजार १ सय ५५ मानिसको ज्यान गएको छ । त्यहाँ अझै पनि हजारौं संक्रमित कोरोनासँग जुधिरहेका छन् । त्यसैगरी, स्पेन, अमेरिकालगायतका देशहरूमा पनि कोरोना महामारी फैलिरहेको छ ।

प्रकाशित : २० चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६