स्वास्थ्य

सिमामा अलपत्रलाई दुबैदेशले जिम्मा लिए,अधिकांस नागरिक मजदुर



 सिद्धार्थनगर २२ चैत । नेपाल भारत सीमा नाका सुनौलीमा अलपत्र परेका नेपालीलाई भारतमै क्वारेन्टाइनमा राखेर व्यवस्थापन गरिएको छ । केही दिनदेखि सीमा क्षेत्र सुनौली दशगजामा बस्दै आएका ३ सय नेपालीलाई नौतनवामा राखिएकोे हो ।मंगलबार नेपाल र भारत दुई देशका सुरक्षा अधिकारीबीचको संवादले दुवै देशमा अलपत्र परेका नागरिकलाई आ–आफ्नै देशतर्फ व्यवस्थापन गर्ने सहमति भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनु भयो ।

        नेपालबाट भारततर्फ जानका लागि बेलहिया पुगेका १ सय ५६ जना भारतीय मजदुरलाई भने नेपाल पक्षले क्वारेन्टाइनमा राख्ने गरी सहमति गरिएको प्रजिअ पन्थले जानकारी दिनुभयो । दुवै देशका नागरिक दशगजा क्षेत्रमा अलपत्र परेपछि स्थानीयस्तरबाट दुवै देशका सरकार प्रति आलोचना बढेको थियो ।सीमामा अलपत्र परेका नेपालीलाई भारतको नौतनवातर्फ लगिएको छ भने भारतीय मजदुरलाई रुपन्देहीको भैरहवास्थित प्रतिमान निमा कलेजमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिनुभयो ।

        प्रतिष्ठानले सन. २००३ देखि शिक्षा, स्वास्थ तथा वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको छ, संकटमा परेका मानिसलाई सहयोग गर्नु मानवीय दायित्व हो, प्रतिमान नीमा स्मति प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले भन्नुभयो “संकटको समयमा परेका व्यक्तिका साथै राज्यलाई सहयोग गर्नु हाम्रो दायित्व हो ।” सरकारको काममा थप सहयोग होस् भन्ने उद्देश्यले प्रतिष्ठानले यस्तो कदम चालेको उनले बताउनु भयो । प्रतिमान–निमा कलेजको क्वारेन्टाइनमा बसेका भारतीय नागरिकहरुलाई सिद्धार्थनगर नगरपालिकाले व्यवस्थापन गरेको उपप्रमुख उमा काफ्लेले बताउनु भयो ।

        यहाँ खानपिनको व्यवस्था छ, क्वारेन्टाइनमै उहाँहरुलाई १४ दिन राखिनेछ, उहाँका अनुसार महामारीमा सर्तकता अपनाउँदै अगाडी बढ्नुपर्छ ।त्यस्तै क्वारेन्टाइनमा रहेका भारतीय नागरिकहरुको व्यवस्थापनमा बेलहिया समाजले पनि सहयोग गरेको स्थानीय रमेश पोखरेलले बताउनु भयो । सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई समूह बनाएर नेपाल ल्याउन प्रदेश ५ सरकारले निर्णय गरे पनि त्यो भने कार्यान्वयन हुन सकेन ।

प्रकाशित : २२ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६