काठमाडौं, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक आज मंगलबार बोलाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अपराह्न ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको बताउनुभयो ।
बैठकमा कोभिड–१९ र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने छ । लकडाउन पछि पहिलोपटक नेकपाले बैठक बोलाएको हो । लकडाउनपछि पहिलो पटक बस्न लागेको नेकपाके बैठकलाई महत्वका साथ हेरिएको छ ।
प्रतिक्रिया