सूचना र प्रविधि

तीनदिन भित्रमा सबै क्वारेण्टाइनमा रयापिड टेष्ट : मन्त्री बराल,२५ मिनटमै नतिजा,कुन जिल्लामा कहिले ?



रुपन्देही २८ चैत्र   प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बिहीबार विभिन्न जिल्लामा संचालन गरिएका क्वारेन्टाईनमा रहेकाहरुलाई प्राथमिकता दिई रयापिड डाईग्नोष्टिक टेष्टको व्यवस्था मिलाउन निर्देशन दिएसंगै आजवाट अधिकांस जिल्लामा काम शुरु भएको छ । उहाले प्रदेश ५ मा ३०६ वटा क्वारेन्टाइनमा २५७२ जना व्यक्तिलाई पहिलो चरणमा र्यापिड टेष्ट गरेर फर्कन टोली परिचालन गर्न निर्देशन दिनु भएको थियो । हामीले तीनदिनभित्रमा क्वारेन्टाइनमा बसेका सबैलाई टेष्ट गछौं मन्त्री बरालले भन्नु भयो  रुपन्देहीदेखि जाँच शुरु भयो अरु जिल्लाका लागि टोली शुक्रवारवाट शुरु हुन्छ । सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै जिल्लाहरुमा प्रयोगशालाकर्मी परिचालन गरेपछि टेष्ट शुरु गरेको हो । 

        पोजेटिभ देखियो भने आइसोलेनमा रिफर गरि स्वाव परिक्षणका लागि प्रयोगशालामा पठाउने व्यवस्था गरिने प्रदेश ५ को प्रदेश जनस्वाथ्य प्रयोगशालाका प्रमुख डा। राजेन्द्र गिरीले बताउनु भयो । एक जनाको टेष्ट गर्नका लागि २५ मिनेट समय लाग्ने डा। गिरीको भनाइ छ । बिहीबार रुपन्देहीको सुद्दोधन र तिलोत्तमको क्वारेन्टाइनमा रहेका २१ जनाको र्यापिड डाईग्नोष्टिक टेण्ट लिइएको र उनिहरुको रिर्पोट नेगेटिभ डा। गिरीले बताउनु भयो  । । ति नेगेटिभ रिर्पोट आउने सबैलाई क्वारेन्टाइनबाट घर पठाइएको र उनिहरु एक हप्ताका लागि होम क्वारेन्टाइनमा बस्ने उनले जानकारी दिनु भयो  ।सामाजिक विकास मन्त्रालयले ४ वटा टोली बनाएर विहिवार प्रदेशका सबै जिल्लामा किट सहित टोली खटाएको हो । 

         दाङ, बांके र वर्दियामा एउटा टोली खटाईएको छ भने प्युठान, रोल्पा र रुकुम पुर्वमा अर्को टोली हिडेको छ । त्यसैगरी पाल्पा, गुल्मी र अर्खाखाचीको लागि मन्त्रालयले टोली र नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लामा हेर्ने गरी अर्को टोली परिचालन गरिएको प्रदेश जनस्वाथ्य प्रयोगशालाका प्रमुख डा राजेन्द्र गिरी जानकारी दिनु भयो  ।खटिएका प्रयोगशालाकर्मीले सम्वन्धीत जिल्लाका प्रयोगशालाकर्मीहरुलाई अभिमुखिकरण सहित किट प्रदान गर्नेछ । प्रमुख डा। गिरीले आवश्यक परेको खण्डमा जिल्ला जिल्लामा अभिमुखिकरण दिईने जानकारी दिनु भयो ।

प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६