स्वास्थ्य

कोरोना सङ्क्रमण भए पनि कुनै लक्षण देखिएको छैन



काठमाण्डौ २८ चैत्र । केही प्रतिशत व्यक्तिमा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण भए पनि कुनै लक्षण नदेखिएको एक अध्ययनले देखाएको छ ।न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनले लक्षण नै नदेखिएका व्यक्तिबाट कोरोनाको सङ्क्रमण फैलिरहेको देखाएको हो । तर लक्षण नदेखिएका मानिसबाट सङ्क्रमण फैलिन नदिन कुनै तयारी नभएको अध्ययनमा उल्लेख छ । २५ देखि ५० प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भए पनि कुनै लक्षण नदेखिएको अनुसन्धानकर्ताले बताएका छन् ।कोरोना भाइरस देखिएका मध्ये २५ देखि ५० प्रतिशतमा कुनै लक्षण देखिएको छैन तर पनि सङ्क्रमित हुन सक्छन् डा एन्थोनी फौसीले भनिन् । सन् २००३ मा देखिएको सार्सको सङ्क्रमण भने बिरामी भएको सातदेखि १० दिनपछि मात्रै फैलिने गरेकाले सङ्क्रमणबाट बच्ने उपाय अपनाउन पर्याप्त समय हुने गरेको पाइएको थियो ।

          तर कोरोना भाइरसको सङ्क्रमण भएका बिरामीमा लक्षण देखिनु ४८ घण्टाअघि नै सङ्क्रमण फैलिन थाल्ने भएकाले धेरैमा सङ्क्रमण भएको पाइएको अध्ययनमा उल्लेख छ ।कोरोनाको सङ्क्रमण अहिलेसम्म विश्वका दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा १६ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये तीन लाख ५६ हजार ६ सय ५५ जना उपचारपछि निको भएका छन् ।त्यस्तै साढे ११ लाखभन्दा धेरैको उपचार भइरहेको छ भने साढे ९५ हजारभन्दा धेरैको ज्यान गएको छ ।सबैभन्दा धेरै इटालीमा १८ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै अमेरिकामा साढे १६ हजारभन्दा धेरै, स्पेनमा १५ हजारभन्दा धेरै, फ्रान्समा १२ हजारभन्दा धेरैको ज्यान गएको छ । 

प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६