सूचना र प्रविधि

मोवाईल एप मार्फत विद्यार्थीलाई पढाउने काम शुरु, कहा कहाँ हुदैछ पढाई ?



कपिलवस्तु २९ चैत्र कोरोना भाइरस (कोभिड १९) को कारण हाल आधा विश्व लकडाउनको अवस्थामा रहेको छ । नेपालमा पनि गत चैत ११ गते देखि लकडाउनमा गरिएको छ । यो अवस्था कहिले सामान्य अवस्थामा जान्छ भनेर भन्न सक्ने स्थिति अहिले छैन । यो समयमा धेरै क्षेत्र प्रभावित भएका छन् । जसमा शिक्षा क्षेत्रमा पनि यसको प्रभाव परेको छ । शैक्षिक क्षेत्रमा परेको प्रभाव निकै ठूलो रहेको छ । विद्यालय, क्याम्पसहरु वन्दका कारण विद्यार्थी विद्यालय जानआउन नसक्ने अवस्था भएकोछ । यस्तो अवस्थालाई समाधान गर्नको लागि  कपिलवस्तुमा अनलाइन कक्षा सञ्चालन मार्फत पढाउन शुरु गरिने भएको छ ।

     जिल्लाको वाणगंगामा रहेको होराईजन माध्यमिक विद्यालय र सिद्धार्थ क्याम्पसले अनलाईन कक्षा मार्फत पढाउन शुरु गर्ने भएका हुन् । दुवै क्याम्पस र विद्यायले आफ्नो तर्फवाट तयारी सम्पन्न भएको जनाउदै आईतवारवाट कक्षा संचालन गर्ने जनाएका छन् । कक्षामा सहभागी हुन विद्यार्थीलाई आग्रह समेत गरेका छन् । 

        वाणगंगा वडा नं ४ सिद्धिपुरमा रहेको होराईजनले एसइईको तयारीमा रहेका विद्यार्थी र कक्षा ११, १२ लाई लक्षीत गरी कक्षा शुरु गर्ने विद्यालयका प्राचार्य वासुदेव घिमिरेले वुद्धआवाज समाचारलाई जानकारी दिनु भयो । विद्यालयका विषयविज्ञ शिक्षकले हरेक दिन विहान ८ वजे देखि १० वजे सम्म र साझ ४ वजे देखि ६ बजेसम्म २ चरणमा अनलाइन कक्षामार्फत विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ । शिक्षकले अंग्रेजी, गणित, नेपाली, सामाजिक, विज्ञान लगाएतका विषयलाई पढाउने व्यवस्था मिलाएको घिमिरेको भनाई छ । विद्यार्थीहरुलाई पढ्नको लागि आफ्नो घरबाटैं मोबाइल एप प्रयोग गरेर शिक्षकले पढाएको विषयवस्तुका बारेमा ज्ञान लिन सक्ने छन् । यसका लागि विद्यालयले एपको व्यवस्थापन गरेको छ ।

        यसरी संचालन हुने अनलाइन कक्षामा बढीमा ४० जना सम्मले शिक्षक संग प्रश्नोत्तरसमेत गर्न सक्ने प्रचार्य घिमिरेले वताउनु भयो । होराईजन माविमा एसईई दिने ५५ जना, कक्षा ११ का १ सय २५ जना र कक्षा १२ का १ सय ४७ जना विद्यार्थीले लाभ लिने अपेक्षा गरेको छ । यसैविच सिद्धार्थ क्याम्पस वाणगंगाले पनि एमबिएस प्रथम सेमस्टरका लागि कक्षा शिक्षणको बिकल्पका रुपमा अनलाईन कक्षा सञ्चालन गर्ने भएको हो । आईताबार साझ ६ बजेदेखी एमबिएस प्रथम सेमस्टरमा अध्ययनरत बिद्यार्थीहरुका लागि यस्तो व्यवस्था गरेको हो ।

        क्याम्पसले विद्यार्थीहरुलाई अनिवार्य रुपमा कक्षामा सहभागि हुन आग्रह गरेको छ । प्रथम सेमस्टरमा अहिले ७० जना बिद्यार्थीहरु अध्ययनरत रहेको क्याम्पसले जनाएको छ । अनलाइन कक्षाबाट बढीभन्दा बढी लाभ उठाउन विद्यार्थी र अभिभावकलाई आग्रह गर्दै क्याम्पसले लकडाउनका समयमा अनावश्यक रूपमा घरबाहिर निस्कने प्रवृत्ति रोक्न पनि केही हदसम्म कक्षा फलदायी हुने विश्वास लिएको छ । 

प्रकाशित : २९ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६