विराटनगर ४ वैशाख । र्यापिड डाइग्नोस्टिक टेस्ट आरडीटी विधिबाट परीक्षण गर्दा झापाका एक युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ ।२७ दिनअघि दुबईबाट आएका झापा हल्दीबारीका ती युवकमा बुधबार आरडीटी विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए । उनमा कोरोना संक्रमण भएको वा नभएको निर्यक्योल गर्न नमुना संकलन गरी विराटनगरस्थित प्रयोगशालामा पठाइएको छ ।
स्रोत अनलाईन खबर
प्रतिक्रिया