स्वास्थ्य

मन्त्री र चिकित्सक भिडियो संवाद : क्वारेण्टाइनमा हेल्थ टिप्स,योगा र ब्याम चलाउने



रुपन्देही  ५ वैशाख  प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुक्रवार आयुर्वेद चिकित्सकहरुसंग भिडियो संवाद गर्नुभएको छ । प्रादेशिक आयुर्वेदिक अस्पताल तथा जिल्ला अस्पतालहरुका प्रमुखहरुसंगको भिडियो संवादमा मन्त्री बरालले आयुर्वेद एउटा विज्ञान भएकाले त्यसलाई प्रमाणित गर्ने समय आएको बताउनु भयो । उहाँले आयुर्वेदिक चिकित्सा आधुनिक चिकित्सा भन्दा कम नभएको भनी पुष्टी गर्ने बेला आएको पनि वताउनु भयो । 

            कोबिड –१९ वाट पार्न सक्ने मनोवैज्ञानिक असर रोकथाम तथा नियन्त्रण, मानिसमा रोगसंग लड्न सक्ने क्षमता वृद्धि गर्ने आयुर्वेदिक हेल्थ टिप्स, योगा तथा व्यायामहरु सिकाउने गरी अग्रभागमा आएर काम गर्न उहाँले चिकित्सकहरुलाई निर्देशन दिनुभयो । मन्त्री बरालले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा क्वारेन्टाईनमा वस्नु भएका नागरिक तथा होम क्वारेन्टाईनमा रहनु भएका नागरिकहरुलाई लक्षित गरी आयुर्वेदिक हेल्थ टिप्स विभिन्न सामाजिक संजालहरुको प्रयोग गरी तथा स्थानीय मिडियाहरुलाई परिचालन गरी संप्रेषण गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । 

        त्यसैगरी मन्त्री बरालले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्वन्धी प्रदेश नं ५ का जिल्लाहरुको स्थलगत अध्ययन गरी फर्किएका संघीय सरकारले खटाएको प्रतिनिधीहरुसंग सामाजिक विकास मन्त्रालयमा विहिवार छलफल गर्नुभएको छ । छलफलमा मन्त्री बरालले कोरोना भाइरस नियन्त्रणको लागि दिर्घकालिन योजना बनाएर जानुपर्ने औल्याउनु भयो ।उहाँले संघीय सरकारले त्यसको संयोजन तथा सहजीकरण गर्नुपर्ने बताउनु भयो । क्रिटिकल केयरको लागि पहिलो चरणमा ४ वटा कोरोना स्पेशल अस्पताल स्थापना गरिएको तथा दोश्रो चरणमा प्रादेशिक अस्पतालहरु र तेश्रो चरणमा प्रदेशका मेडिकल कलेजका अस्पतालहरुलाई डेडिकेटेड अस्पतालको रुपमा रुपान्तरण गर्न तयारी गरिएको जानकारी मन्त्री बरालले दिनुभयो ।

            मन्त्रालयका सचिव डा. गोपिकृष्ण खनालले संघीय सरकारले रकम पठाएपनि खर्च गर्न नसकिने अवस्थामा रहेको बताउनु भयो । विशेष परिस्थितिमा खरिद सम्वन्धी ऐनमा केही सहजीकरण गर्नुपर्ने आवश्यकता औल्याउनु हँदै उहाँले संघीय सरकारले विशेष परिस्थितीमा केही सरलीकृत गरिदिनु पर्ने बताउनु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटिनु भएका डा. रमेश खरेलले जिल्लाका अस्पतालहरुको अवस्थाको विषयमा रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित : ५ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६