स्वास्थ्य

अर्घाखाँचीमा कोरोना एटिएम बुथ, स्बाव संकलन शुरु ,बुटवल जाने झन्झट हटयो



अर्घाखाँची ८ बैशाख  अर्घाखाँचीले स्वाव नुमना संकलनको काम जिल्ला भित्रै थालेकोछ ।  आरडीटी पोजेटिभ आएमा पीसीआर स्वाब नमुना संकलन अर्घाखाँची जिल्लामा नै गरिने बयवस्था भएको जिल्ला अस्पताल अर्घाखाँचीका मेडिकल  अफिसर तथा प्रमुख डा. कपिल गौतमले  बताउनु भएको छ । स्वाब संकलनको लागि सन्धिखर्कमा नै एटियम बुथ तयार गरिने भएको छ ।

            गौतमले रयापिड डाइगोनिस्टिक टेस्ट आरडीटीमा पोजेटिभ आएमा एटियम बुथबाट पीसीआर स्वाब नमुना संकलन गरी प्रदेश स्तरीय प्रयोगशाला बुटवलमा पठाईने वताउनु भयो ।गौतमका अनुसार अब यो सँगै कोरोना पोजेटिभ आएका विरामीलाई जिल्ला बाहिर जान नपर्ने भएको छ । पीसीआर पोजेटिभ आएमा जिल्लामा राखिने छ ।यसअघि स्वाव लिन बुटवल पठाउने गरिएको प्रेसपाटीलाई टेलिफोन संवादमा वताउनु भयो ।

            साथै गौतमले जिल्ला अस्पताल अर्घाखाँचीबाट लकडाउन शुरु भएदेखि अहिलेसम्म १७ सय जनाले ओपिडी सेवा लिएको बताउनु भयो । उता जिल्लाभरका क्वारेण्टाइनमा रहेका २६ जनाको रयापिड डाइगोनिस्टिक टेस्ट आरडीटी बाट नतिजा नेगेटिभ आएको छ । जिल्लामा स्वास्थ्य सामाग्री १ हप्ताको लागि रहेको सबैलाई सहयोग गर्न प्रमुख डा कपिल गौतमले बताउनुभयो । जिल्लाभर अहिले ४२ जना क्वारेण्टाइनमा रहेका गौतमले बताउनु भयो । संक्रमण फैलिहालेको अवस्थामा जिल्लामा पूर्वतयार अवस्थामा रहेको उहाले बताउनु भयो ।यस्तै जिल्लाभर हालसम्म क्वारेण्टाइनमा रहेका २६ जनाको रयापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) बाट नतिजा नेगेटिभ आएको छ ।

प्रकाशित : ८ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६