रुपन्देही ८ वैशाख । कञ्चन गाउँपालिकाले आन्तरिक आवागमन अन्तरगत साईकल, मोटरसाईकल र चारपांग्रे नीजि सवारी साधनहरुमा पूर्ण रोक लगाउने निर्णय गरेको छ । कञ्चन गाउँपालिकाको कार्यपालिकास्तरको बैठकले गाउँपालिकामा लकडाउनको समयमा कञ्चन र कञ्चनसंग जोडिएका स्थानिय पालिकाहरुको बाटो हुँदै अबैधरुपमा लागू औषध ओसार पोसारमा तिब्रता आएको भन्दै आवागनमा रोक लगाउने निर्णय गरेको छ।
कोरोना भाईरसको सम्भावित संक्रमणको उच्च जोखिममा कञ्चन गाउँपालिका रहेको भन्दै त्यसबाट सुरक्षित रहन गाउँपालिकले बैठकले अत्यावश्यक सवारी साधनहरु एम्बुलेन्स, दुध धुवानी गर्ने गाडी र सुरक्षाकर्मीको गाडी बाहेक अन्य सवारी साधनहरु गाउँपालिका भित्र आवतजावत गरेको पाईए कारवाही गर्ने निर्णय भएको गाविस अध्यक्ष गोकणवहादुर क्षेत्रीले बताउनु भयो । अति जरुरी कामका लागि वडा कार्यालयबाट अनिवार्य रुपमा अनुमति लिनुपर्ने निर्णय भएको गाउँपालिकाका प्रबक्ता समेत रहनु भएका वार्ड नं. ५ का वडा अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी दुध र दुधजन्य पदार्थ, फलफूल, तरकारी जस्ता वस्तुहरुको बिक्री वितरणलाई बिहान ५ देखि ८ र बेलुका ५ देखि ७ बजेको समय निर्धारण गरिएको र ती बस्तुरुको बिक्री बितरण गर्दा पनि न्युनतम १ मिटरको सामाजिक दुरी अनिवार्य रुपमा कायम गर्नुपर्ने कुरालाई कडाइका साथ लागू गर्न कञ्चनवासीलाई विशेष अनुरोध गरिएको छ ।
उता लकडाउनको मौका छोपी लागू औषध सेवनकर्ताहरुले लागू औषध ओसार पोसार गरिरहेको सूचना प्राप्त भएपछि आन्तरिक आवागमनलाई पूर्णरुपमा रोक लगाउने र उनीहरुको विशेष निगरानी र अनुगमन गर्न सुरक्षा निकायलाई अनुरोध गर्ने समेत निर्णय भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । कञ्चनमा लागूऔषध कारोवारीहरुले ओसारपसारको मुख्य बाटो कञ्चनका विभिन्न सडकहरु नै बनाइरहेकोले कोरोना भाइरसको जोखिमलाई कम गर्न सवारी साधन आवतजावतमा रोक लगाएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया