स्वास्थ्य

लुम्बिनी प्रादेशिक अस्पताललाई अटोमेटिक सेनेटाइजिङ्ग टनेल सहयोग, प्रोगेसिभ इन्जिनियरिङ्ग एशोसिएसनले गरयो उदाहरणीय काम



बुटवल, ८ वैशाख । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अस्पताल आएका विरामी एवं आफन्तहरुलाई भाइरसबाट सुरक्षित राख्न प्रोगेसिभ इन्जिनियरिङ्ग एशोसिएसन नेपाल प्रदेश नम्बर ५ ले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई अटोमेटिक सेनेटाइजिङ्ग टनेल सहयोग गरेको छ ।  

        ८० हजार मूल्य बराबरको अटोमेटिक सेनेटाइजिङ्ग टनेल एशोसिएसनका प्रदेश ५ का अध्यक्ष जीवन अर्याल र प्रदेश ५ इन्चार्ज तथा केन्द्रिय सदस्य इन्जिनियर दुजेन्द्र बस्नेतले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख डा. राजेन्द्रप्रसाद खनाललाई हस्तान्तरण गर्नुभएको हो । उक्त अटोमेटिक सेनेटाइजिङ्ग टनेल ग्रहणसंगै डा. राजेन्द्रप्रसाद खनालले यो विपतको बेला महत्वपूर्ण सामान सहयोग गरि मानविय सेवामा प्रशंसनिय कार्य गरेको भन्दै एशोसिएसनको प्रदेश समितिप्रति आभार ब्यक्त गर्नुभयो । 

    डा. खनालले आगामी दिनमा मेसिनलाई प्रादेशिक अस्पतालले संरक्षण गर्दै नियमित संचालनमा ल्याउने पनि बताउनु भयो । अटोमेटिक सेनेटाइजिङ्ग टनेलको बारेमा जानकारी दिदै कार्यक्रम संयोजक इन्जिनियर दिपक पाण्डेले ५ देखि ७ सेकेन्डमै अटोमेटिक सेन्सरले काम गर्ने बताउनु भयो । 

        अटोमेटिक सेनेटाइजिङ्ग टनेलमा प्रयोग गरिएको सेनेटाइजर भने प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा उत्पादन गरिएको पाण्डेले बताउनु भयो । अटोमेटिक सेनेटाइजिङ्ग टनेल लुम्बिनी प्रादेशिक अस्पतालको प्रवेशद्वारमा राखिएको छ । प्रदेश ५ सामाजिक विकास मन्त्री सुदर्शन बराल, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यप्रसाद भट्टराइको उपस्थितिमा भएको हस्तान्तरण कार्यक्रमको संचालन प्रोगेसीभ इन्जिनियरिङ्ग एशोसिएसन नेपाल प्रदेश नम्बर  ५ का सचिव ई. अरुण खनालले गर्नुभएको थियो ।

प्रकाशित : ८ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६