प्रदेश

जडीबुटी र आयुर्वेदिक औषधिले कोरोना निको हुदैँन , हल्लाको पछि नलागौँ : उपाध्याय



काठमाण्डौ ९ बैशाख ।  जडीबुटी र आयुर्वेदिक औषधिले कोरोना निको हुने हल्लाको पछि नलाग्न सरकारले आग्रह गरेको छ ।केही व्यक्तिले जडीबुटी र आयुर्वेदिक औषधिले कोरोना भाइरसको सङ्क्रमण पूर्णरुपमा निको पार्ने हल्ला चलाएकाले त्यसको पछि नलाग्न आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डाक्टर वासुदेव उपाध्यायले बताउनुभयो । उहाँले केही जडीबुटी र आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भए पनि कोरोना निको नपार्ने भएकाले हल्लाको पछि नलाग्न सुझाव दिनुभयो । उहाँले जडीबुटीको प्रयोगले शरीरलाई फाइदा पुर्याउने भएकाले उपयोय गर्न भने सकिने बताउनुभयो । तर कोभिड(१९ तुरुन्तै ठिक पार्छ भन्ने भ्रममा नबस्न उहाँको आग्रह छ ।

स्रोत उज्यालो अनलाईन 

प्रकाशित : ९ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६