काठमाण्डौ ९ बैशाख । जडीबुटी र आयुर्वेदिक औषधिले कोरोना निको हुने हल्लाको पछि नलाग्न सरकारले आग्रह गरेको छ ।केही व्यक्तिले जडीबुटी र आयुर्वेदिक औषधिले कोरोना भाइरसको सङ्क्रमण पूर्णरुपमा निको पार्ने हल्ला चलाएकाले त्यसको पछि नलाग्न आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डाक्टर वासुदेव उपाध्यायले बताउनुभयो । उहाँले केही जडीबुटी र आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भए पनि कोरोना निको नपार्ने भएकाले हल्लाको पछि नलाग्न सुझाव दिनुभयो । उहाँले जडीबुटीको प्रयोगले शरीरलाई फाइदा पुर्याउने भएकाले उपयोय गर्न भने सकिने बताउनुभयो । तर कोभिड(१९ तुरुन्तै ठिक पार्छ भन्ने भ्रममा नबस्न उहाँको आग्रह छ ।
स्रोत उज्यालो अनलाईन
प्रतिक्रिया