सूचना र प्रविधि

८ सय ५८ जनाको रयापिड टेष्ट,पोजिटिभ सून्य, कपिलवस्तु अझै ग्रिनजोनमा



कपिलवस्तु ११ वैशाख कपिलवस्तु जिल्लामा कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचारको क्रममा विहिवार सम्म ८ सय ५८ जनाको यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गरिएको छ । यसमध्ये सबैभन्दा बढी १० स्थानीय तह मध्ये महाराजगंज नगरपालीकामा २ सय १२ जनाको आरडिटी परीक्षण गरिएको छ । जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकामध्ये ८ सय ५८ जनाको कोरोना भाइरस (आरडिटी) रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले वताउनु भयो ।

            जिल्लास्थित १० स्थानीय तहले विभिन्न स्थानमा निर्माण गरेका क्वारेन्टाइनमा १४ दिन वसेका र होम क्वारेन्टाईनमा समेत वसेकाहरुको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएको भगतको भनाई छ । भारत लगाएत तेश्रो मुलकुवाट आएका हुरुलाई क्वारेन्टाईनमा राखिएको छ । अहिले सम्म बिजयनगर गाउपालिकामा १ सय ८६ जना, महाराजगंज नगरपालीकामा २ सय १२ जना, सुद्धोदन गाउपालिकामा ६६ जना, मायादेबी गाउपालिकामा ८९ जना, कृष्णनगर नगरपालिकामा ५७ जना, शिवराज नगरपालिकामा ५५ जनाको परिक्षण गरिएको छ । यस्तै कपिलवस्तु नगरपालिकामा ३३ जना, यशोधरा गाउपालिकामा ६९ जना, बाणगंगा नगरपालिकामा ४८ जना र बुद्धभुमीमा ३६ जनाको परिक्षण गरिएको कार्यालय प्रमुख भगतले वताउनु भयो ।  

        यस्तै विहिवार ४ पालिकामा २२ जनाको परिक्षण गरिएको छ । शिवराजमा ७ जना, बिजयनगरमा ९ जना,  महाराजगंजमा ४ जना  र सुद्धोदनमा २ जनाको परिक्षण गरिएको छ । प्रदेश नम्बर ५ सरकारको स्वास्थ्य निेर्देशनालयले कोभिड डाईग्नोटीस्ट टेस्ट किट जिल्लामा पठाए पछि चैत २९ गते देखि परिक्षण शुरु भएको हो । टेस्टका लागि जिल्लामा २० जना ल्याबका कर्मचारीहरुलाई तालिम दिईएको र एक जना पालिकामा २ जना गरी १० पालिकामा २० जना परिक्षणका लागि खटिएका छन् । जिल्लामा परिणाम पोजेटिभ देखिए थप पिसिआर परिक्षणका लागि  प्रदेश सरकारको भैरहवामा संचालन रहेको ल्याबमा पठाईने प्रशासन कार्यालयको भनाई छ । भैरहवामा पिसिआरबाट परिक्षण गरिने व्यवस्था गरिएको छ । 

        यसैविच १० पालिकाले तयार गरेको एक हजार ३९ क्वारेन्टाईन सैयामा एक हजार ३५ जना रहेकोमा ८ सय ३९ जना डिस्चार्ज भई हाल २ सय १० जना रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनु भयो । यस्तै जिल्लाका १० वटा पालीकामा २१ हजार २ सय ६१ बिपन्न पविारले राहत बितरण गरेका छन् । 

प्रकाशित : ११ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६