अर्थ-वाणिज्य

दाना अभावले मर्न थाले माछा, किसान चिन्तित



रौतहट, १२ बैशाख । लामो लकडाउनका कारण दाना नहुँदा रौतहटको रौतहटकस्थित दुुईवटा पोखरीको  लाखौ बराबरको माछा मर्न थालेका छन् । मौलापुर नगरपालिका वडा ८ का किसान जयराम यादव र अजय यादवको माछा मर्न थालेको हो ।

उक्त पोखरीमा झण्डै  १० लाख बराबरको माछा  रहेको यादवद्वयले बताएका छन् । अझै लकडाउन लम्बिने र दाना नपाए आफूले पालेका सबै माछा मर्ने डरले आफूहरुलाई राती निन्द्रा लाग्न छाडेको यादवद्वयले गुनासो गरे । विगतमा माछाबाट राम्रो आम्दानी हुने गरेको भए पनि यस पटक भएको लामो लकडाउनका कारण माछा व्यवसाय धरापमा परेको हो ।

प्रकाशित : १२ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६